इलाम, पुस २८ गते । चर्चित कलाकार निश्चल बस्नेतले इलामको साँखेजुुङस्थित स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिनुुभएको छ ।
बस्नेतले इलाम नगरपालिका –१ मा रहेको आफ्नो अंश भागमा परेको पुख्र्यौली जग्गा आज स्वास्थ्य चौकीलाई जग्गा पास गरिदिनुु भएको वडासचिव लोचन भट्टराईले बताउनुभयो ।
अहिले विद्यालयको एक कोठे भवनमा सञ्चालनमा छ । भवनको लागि विभागबाटै डिजाइन स्टिमेट तयार भएर आएपछि आज स्वास्थ्य चौकीको नाममा जग्गा पास भएको वडा सचिव भट्टराईले जानकारी दिनुुभयो ।
आगामी बजेटमा भवन निर्माणको काम सुुरु गरिने छ । कलाकार निश्चल बस्नेतले आफ्नो अंशको जग्गा स्वास्थ्य चौकीको नाममा पास गरेर धनीपूूर्जा हस्तान्तरण गर्नुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













