01/13/2026, 13:57:27
मङ्गलबार, पुष २९, २०८२

नेकपाका २५ सय केन्द्रीय सदस्यको डिजिटल शपथ, जो जहाँ छन् त्यहीँबाट ग्रहण गर्न सकिने


काठमाडौं, पुस २९ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज (मंगलबार) आफ्ना केन्द्रीय सदस्यहरूलाई शपथ गराउँदै छ । २५ सय केन्द्रीय सदस्यलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ गराउन लागेका हुन् ।

उपत्यकामा भएका केन्द्रीय सदस्यहरूले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयबाट दिउँसो साढे १ बजे शपथ ग्रहण गर्ने छन् भने अन्य केन्द्रीय सदस्यले प्रदेश कार्यालय र जिल्ला पार्टी कार्यालयबाट एकसाथ शपथ ग्रहण गर्नेछन् । प्रचण्डले काठमाडौंमा शपथ ग्रहण गराउँदा प्रदेश र जिल्लामा रहेका केन्द्रीय सदस्यले पनि भर्चुल माध्यमबाट एकसाथ शपथ ग्रहण गर्नेछन् ।

१९ कात्तिकमा नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादीलगायत १६ पार्टी मिलेर नेकपा बनेको हो ।

पार्टी एकता भए पनि केन्द्रीय सदस्यहरूको टुङ्गो लगाउन समय लागेकाले शपथमा पनि ढिलाइ भएको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..