काठमाडौँ, पुस २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलको समेत नाम जोडेर विवाद सिर्जना हुन थालेपछि उनकी छोरी संज्ञा पोखरेल पौडेलले कांग्रेसको समानुपातिक सूचीबाट नाम फिर्ता लिएकी छिन् ।
कांग्रेसको राजनीतिमा सक्रिय रहे पनि आफ्ना बाबु एवं राष्ट्रपति पौडेलेको नाम जोडेर विवादित बनाउन खोजिएपछि उनले आफ्नो नाम फिर्ता लिएकी हुन् ।
‘उहाँ आफैँमा राजनीतिक कार्यकर्ता हो । तर, उहाँको नाम आएपछि राष्ट्रपतिज्यूलाई समेत विवादित बनाउन खोजियो । यसैले उहाँले फोन गरेर म बस्दिनँ भनेर समानुपातिक सूचीबाट नाम फिर्ता लिनुभएको हो,’ राष्ट्रपतिको परिवारनिकट स्रोतले भन्यो ।
यसअघि नेताका नातेदारहरूको नाम कांग्रेसको समानुपातिक सूचीमा परेको भन्दै विवाद भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











