काठमाडौँ, पुस २९ गते । नेपाली कांग्रेसमा देखिएको विवाद समाधान गर्न बसेको वार्ता असफल भएको छ । विशेष महाधिवेशनको विषयले विवाद बढेपछि तीन पक्षबीच छलफल भए पनि सहमति हुन नसकेको हो ।
सहमति जुट्न नसकेपछि आ–आफ्नो टिममा ब्रिफिङ गरेर पुनः संवादमा जुट्ने गरी नेताहरू बाहिरिएका छन् ।
विशेष महाधिवेशन नेतृत्व चयन गर्ने गरी अगाडि बढेपछि मंगलबार बिहानैबाटै संस्थापन, विशेष महाधिवेशन पक्षधर र डा. शेखर कोइराला पक्षबीच वार्ता भएको थियो । तर, वार्तामा कुनै सहमति जुट्न नसकेको हो ।
वार्तामा सहमति जुट्न नसकेपछि विशेष महाधिवेशनस्थलमा निर्वाचन तालिका सार्वजनिका गर्ने तयारी भएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











