काठमाडौँ, पुस २२ गते । नेपाल राष्ट्र बैंकले पुन एक वर्ष अवधिका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र-२०८३ ‘घ’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागेको हो । जसको बोलकबोल मंगलबार (पुस २२) मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत हुने छ भने, ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने बताइएको छ ।
बैकका अनुसार यसको सावाँ आगामी २०८३ पुस २२ गते हुनेछ । ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने बैंकले जनाएको छ ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!









