पाल्पा, माघ १५ गते । जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा समावेश गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विनु कुँवरका अनुसार क्षेत्र नं १ मा २० र क्षेत्र नं २ मा नौ वटा मतदानस्थल संवेदनशील छन् । यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र निर्धारण भएका छन् ।
पाल्पामा २ लाख ७ हजार ४३६ कुल मतदातामध्ये क्षेत्र नं १ मा ९८ हजार ३८३ र क्षेत्र नं २ मा १ लाख ९ हजार ५३ मतदाता छन् । कुल मतदातामा ३ हजार ६५० महिला पुरुषभन्दा बढी छन् । अघिल्लो निर्वाचनमा भन्दा यसपटक ६ हजार ११० जना मतदाता थपिएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














