01/29/2026, 12:26:52
बिहिबार, माघ १५, २०८२

एकैदिन सुनको मूल्य साढे २० हजारले बढ्यो


काठमाडौँ, माघ १५ गते । आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो।

आजको मूल्य वृद्धिसँगै १० ग्राम सुनको भाउ २ लाख ९० हजार ८९५ रुपैयाँ पुगेको छ।

त्यसैगरी, आज चाँदीको भाउ पनि बढेर तोलामा ७ हजार ५०५ रुपैयाँ र १० ग्रामको ६ हजार ४३४ रुपैयाँ कायम भएको संघले जनाएको छ। आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..