02/03/2026, 13:04:47
मङ्गलबार, माघ २०, २०८२

काठमाडौं र झापाकाे सुकुम्वासी समस्या फरक छ : बालेन


झापा, माघ २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मंगलबार बिहानदेखि चुनावी घरदैलाे कार्यक्रम सुरु गरेका छन् ।

देश दाैडहा सकेर साेमबार साँझ आफ्नाे निर्वाचन क्षेत्र झापा– ५ आइपुगेका शाहले मंगलबार बिहानदेखि मतदाताकाे घर गाउँमा गएर चुनावी अभियान सुरु गरेका हुन् ।

उनले बिहान रास्वपा कमल गाउँपालिकाका वडा तथा गाउँ सभापतिहरूसँग सामूहिक छलफल गरेका थिए । त्यसपछि कमल गाउँपालिकास्थित सुकुम्वासी बस्तीका मतदातासँग छलफल गरेका छन् । साे क्रममा उनले काठमाडौं र झापाका सुकुम्वासी बस्तीकाे कथा फरक रहेकाे बताएका छन् ।

उनले भने, ‘काठमाडौंमा सुकुम्वासी खाेला किनारमा थिए । हामीले उहाँहरूलाई नै बाढी डुबानबाट जाेगाउन व्यवस्थापन गरेका हाैँ । झापामा त्यस्ताे अवस्था छैन् ।’

_अर्जुन राजवंशी


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..