झापा, माघ २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं झापा– ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले पार्टीको घोषणापत्र फागुन पहिलो साता आउने बताएका छन् ।
पश्चिम नेपालको चुनावीसभा तथा सम्मेलन सकेर पुनः झापा फर्किएका शाहले चुनावी घरदैलो कार्यक्रमका क्रममा झापा– ५ का मतदातालाई आफ्नो र रास्वपाको एजेन्डासहितको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए ।
उनले झापा– ५ को लागि छुट्टै, प्रधानमन्त्रीको छुट्टै र पार्टीको छुट्टाछुट्टै प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको पनि बताए । उनले शिक्षा, स्वास्थ्य, आर्थिक, राजनीतिक, कृषिलगायत सबै विषय समेटिएको घोषणापत्र सार्वजनिक गर्न लागेको उनले बताए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















