02/03/2026, 15:14:16
मङ्गलबार, माघ २०, २०८२

बजारमा खाना पकाउने ग्यास पर्याप्त छ : वाणिज्य विभाग


काठमाडौँ, माघ २० गते । यतिबेला बजारमा ग्यास अभाव भएको गुनासो आएको छ । बजारमा ग्यास अभावको गुनासो आइरहँदा नेपाल आयल निगमले ग्यास अभाव नरहेको जानकारी दिएको छ ।

जाडोमा ग्यासको खपत बढ्ने भएकाले माग बढेको, बजारमा हल्ला भएजस्तो ग्यास अभाव नरहेको साथै चुनावलाई लक्षित गर्दै ग्यास आयातको थप कोटा बढाएको जनाएको छ । बजारमा ग्यास अभावको गुनासो आएपछि सोमबार वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागले ग्यास उद्योगमा अनुगमन गरेको थियो ।

विभागले अनुगमनका क्रममा ग्यास पर्याप्त मात्रामा रहेको पाइएको जनाएको छ । विभागले बालाजुस्थित नेपाल ग्यास उद्योग, कलंकीस्थित साइबाबा ग्यास उद्योग, भक्तपुरको महाकाली ग्यास स्टोर्स र ग्यास एण्ड अक्सिजन ट्रेडर्समा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा यी उद्योगलाई सामान्य निर्देशन दिइएको जनाएको छ  । यस्तै मंगलबार पनि एभरेस्ट ग्यासलगायतका ग्यास उद्योगको अनुगमनका लागि विभागको टोली खटिएको जनाएको छ ।

साथै अनुगमनका क्रममा पर्याप्त मात्रामा ग्यास रहेको र अभावको हल्लाका पछि नलाग्न विभागले आग्रह गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..