काठमाडौँ, माघ २० गते । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संघीय शासन प्रणालीको मूल मर्मअनुसार संघीय सरकारले काम गर्न नसकेको धारणा व्यक्त गरेका छन्।
सिंहदरवारमा मंगलबार सम्पन्न राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सिटौलाले जुनसुकै राजनीतिक दलको नेतृत्वमा सरकार बने पनि संघीयताको भावना व्यवहारमा उतार्न संघीय तह असफल देखिएको बताए।
उनका अनुसार वर्तमान अवस्थामा प्रदेश र स्थानीय तहका सरकार केन्द्रको अधीनस्थ निकायझैँ देखिन थालेका छन्।
संविधानले व्यवस्था गरेको अधिकार प्रयोगमा प्रदेश सरकारहरू कमजोर देखिएको उल्लेख गर्दै सिटौलाले अनुसूचीमा समेटिएको अधिकार बाँडफाँटसम्बन्धी संरचनामै व्यावहारिक समस्या रहेको टिप्पणी गरे। केही स्थानमा प्रदेश सरकारको तुलनामा स्थानीय तहले अपेक्षाकृत प्रभावकारी काम गरेको देखिएको उनको भनाइ थियो।
सिटौलाले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैले साझा दृष्टिकोण निर्माण गरी अघि बढ्न आवश्यक रहेकोमा जोड दिए।
उक्त बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्धसम्बन्धी अध्ययन भ्रमणको समीक्षा तथा त्यससम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल गरिएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












