02/03/2026, 16:39:48
मङ्गलबार, माघ २०, २०८२

निर्वाचन आयोगले सोध्यो काठमाडौं महानगरलाई स्पष्टीकरण


काठमाडौँ, माघ २० गते । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा महानगरपालिकाले ७० वर्ष र सो भन्दा माथिका नागरिकलाई घर घरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको भन्ने विषयमा आयोगले महानगरपालिकालाई स्पष्टीकरण सोधेको हो ।

 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..