02/03/2026, 17:43:26
मङ्गलबार, माघ २०, २०८२

निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छ : एमाले उपाध्यक्ष गुरुङ


काठमाडौँ, माघ २० : एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरु आम रुपमा एक्ला-एक्लै प्रतिस्पर्धामा रहेका तर कतिपय स्थानमा तालमेल हुन पनि सक्ने बताएका छन् । देश बनाउने नीति र विचारका आधारमा एमाले पहिलो पार्टी हुने उनको दाबी छ ।

प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच तालमेलबारे छलफल भएको भन्ने विषयमा पत्रकारहरूले गरेको प्रश्नमा उपाध्यक्ष गुरुङले बाहिर चर्चामा आए जस्तो अहिलेसम्म एमालेले तालमेलबारे कुनै निर्णय नगरेको तर राजनीतिमा छलफल र संवाद तथा सबै सम्भावना हुन सक्ने बताए ।

गत भदौ २३ र २४ गतेको घटनालाई हेर्ने दृष्टिकोण एउटै नभएसम्म नेकपासँग तालमेल नहुने पनि उनको भनाइ छ । उपाध्यक्ष गुरुङले निर्वाचनका लागि पार्टीले कार्यमूलक सुधारका विषयलाई समेटेर छरितो घोषणापत्र छिट्टै ल्याउने जानकारी दिए ।