02/05/2026, 04:11:22
बुधबार, माघ २१, २०८२

चुनीखेलमा आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन सुरु


काठमाडौं, माघ २१ गते । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– १३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनकार्य सुरु गरिएको छ ।

गएराति करिब ११ बजे विद्युत् सर्ट हुँदा चुनीखेल बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको र तीन घण्टापछि आज बिहान उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

उनले भने, ‘विद्युत् सर्ट हुँदा आगलागी भएको बुझिएको छ, राति हामीले मानवीयलगायतको उद्धार गरेका थियौँ, अहिले बिहानबाट क्षतिको विवरण सङ्कलनकार्य सुरु भएको छ ।’

यसैगरी आगलागी भएको ठाउँबाट सात जनाको उद्दार गरिएको र मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..