01/15/2026, 16:49:22
बिहिबार, माघ ०१, २०८२

विवरण अध्यावधिक गर्न गगन नेतृत्वको टोली निर्वाचन आयोगमा


काठमाडौँ, माघ १ : विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोग पुगेका छन् । सभापति गगनकुमार थापा  र उपसभापति विश्वप्रकाश शर्मा  आयोगमा पुगेका हुन् । बिहान बसेको बैठकले आयोगमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो ।

कांग्रेस केन्द्रीय समिति बैठकले देवराज चालिसेलाई प्रवक्ता नियुक्त गरेको छ ।

पहिलो बैठकबाट आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारी लगायतका विविध विषयमा छलफल भएको थियो । पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अद्यावधिक गर्ने लगायतका कार्यका लागि निर्वाचन आयोगमा आज निवेदन दिने छन् । उनीहरूले दलको विधान अनुसार विशेष महाधिवेशन सम्पन्न भएको र नयाँ नेतृत्व पनि चयन गरेको जानकारी गराउने छन् ।

कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा बुधबार राति पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत चयन गरेको थियो । आयोगले उनीहरूको निवेदन स्वीकार गरेर अद्यावधिक गरेमा उनीहरू वैधानिक रूपमा नेपाली कांग्रेस  हुनेछन् ।

टोलीमा अर्की उपसभापति पुष्पा भुसाल  पनि सँगै छिन् ।