काठमाडौँ, माघ १ : नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको नयाँ कार्यसमिति गठन भए पनि देउवा पक्षधरले आफूहरू वैधानिक दाबी गरिरहेका छन् ।
वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले भने विशेष महाधिवेशनबाट चुनिएको कार्यसमिति नै वैधानिक रहेको बताएका छन् ।
अधिवक्ता अधिकारीले गगन थापाको टिम विविवत् र सर्वसम्मत् ढंगले विजय भएको बताए । ‘कांग्रेसको विधानबाट चुनिने चार वर्ष हो । त्यो चार वर्ष मंसिर मसान्तमा पूरा भइसक्यो । सुरुमा महाधिवेशनबाट चुनिएको व्यक्तिको चार वर्ष पुगिसक्यो । अहिले त आफैंले नै बढाएको अवधि हो,’ अधिकारीले भने, ‘त्यो विधानले छुट दिएको छ । छुट अन्तर्गत म्याद बढाउँदै उहाँहरूले लैजानुभएको छ । त्यसैबीचमा जेन-जी मुभमेन्ट भयो । अब यसरी चल्दैन भनेर उकुमुकुस थियो । त्यही उकुममुकुसका कारण विशेष महाधिवेशन बोलाइएको हो ।’
विशेष महाधिवेशनमा नीति र नेतृत्व परिवर्तनसँगै विधान संशोधन पनि उल्लेख थियो । अधिवक्ता अधिकारीका अनुसार त्यो कुरामा छलफल हुन्छ भन्ने संशोधन पक्षलाई पूर्व जानकारी पनि थियो ।
‘४० प्रतिशत पुगिसकेपछि केन्द्रीय समिति बोलाउनुपर्ने बाध्यता नेतृत्वलाई थियो । तर उनीहरूले नबोलाएपछि महामन्त्रीहरूले अब अवज्ञा गर्नुहुन्न । महाधिवेशन प्रतिनिधिहरूको कुरा सुन्नुपर्छ भनेर बोलाइएपछि महाधिवेश भएको छ,’ अधिकारीले भने, ‘त्यसकारण महाधिवेशनको वैधतामा प्रश्न भएन । महाधिवेशनले निर्वाचित नै गरिसक्यो । अब वैधानिक पार्टी गगन थापा नेतृत्वकै रह्यो ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















