01/15/2026, 14:23:02
बिहिबार, माघ ०१, २०८२
राष्ट्रिय योग दिवस

गुणस्तरीय जीवनयापनका लागि योग


काठमाडौँ, माघ १ गते । देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय योग दिवस  मनाइँदै छ । देशभरका सार्वजनिक उद्यान, विद्यालय तथा सरकारी कार्यालयमा निःशुल्क योग तथा ध्यान शिविर सञ्चालन गरेर राष्ट्रिय योग दिवस  मनाउन लागिएको हो । बिहीबार ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’  भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रम आयोजना गरी ११ औँ राष्ट्रिय योग दिवस  मनाउन लागिएको हो ।

सरकारले प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गरे अनुसार यस वर्ष पनि सङ्घीय, प्रदेश र स्थानीयस्तरमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरेर योगा दिवस मनाइँदै छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवले योगले दीर्घरोगको रोकथाममा महŒवपूर्ण फाइदा हुने जानकारी दिँदै स्वस्थ जीवनयापनका लागि योग अपरिहार्य रहेको बताउनुभयो । उहाँले शारीरिक रूपमा अशक्त, गर्भवती, उच्च रक्तचाप, मधुमेह, जोर्नी दुखाइ जस्ता दीर्घरोग भएकाले योग गर्दा विशेष ध्यान अपनाउनुपर्ने बताउनुभयो । उहाँले नसर्ने रोगको उपचारमा राज्यले अर्बाैं लगानी गरेको भन्दै रोग लाग्नै नदिनतर्फ योग गर्नुपर्ने बताउनुभयो ।

डा. यादवले स्वस्थकर खानपान, धूम्रपान र मद्यपानको त्याग र नियमित शारीरिक व्यायम गरे नसर्ने रोग लाग्नबाट बचाउने बताउनुुभयो । गुणस्तरीय स्वास्थ्य जीवन जिउनका लागि तथा विश्वव्यापी रूपमा फैलिँदै गएको नसर्ने रोगको प्रकोपलाई न्यूनीकरण गर्न योगको महŒवलाई नागरिकसम्म पु-याउनुपर्ने बताउनुभयो । स्वस्थ जीवनशैली अपनाई आयुर्वेद, योग तथा जडीबुटीको माध्यमबाट शारीरिक तथा मानसिक रूपमा स्वस्थ शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गर्न सकिने उहाँको धारणा छ ।

डा. यादवले योग दिवसलाई देशभर मनाउन लागिएको बताउनुुभयो । उहाँले योगद्वारा रोग-प्रतिरोधात्मक क्षमता बढ्ने हुँदा सबैले योगलाई अवलम्बन गर्न सक्नुपर्ने बताउनुुभयो । उहाँले योग दिवसका अवसरमा प्रभातफेरीको आयोजना, स्वास्थ्य, शिक्षा मन्त्रालय, विभिन्न योग संस्था र नागरिक समाजको सहभागितामा विशेष प्रभातफेरी  र औपचारिक कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो । यसै गरी अन्तव्रिर्mया तथा प्रवचन, योगको वैज्ञानिक महŒव, शारीरिक एवं मानसिक स्वास्थ्यमा यसको प्रभाव र नसर्ने रोगहरूको रोकथाममा योगको भूमिकाबारे विज्ञहरूसँग छलफल गरिने जानकारी दिनुभयो ।

आयुर्वेद चिकित्सक डा. मुनकर्ण थापाले विद्यार्थीलाई अनुशासित र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले विद्यालयमा विशेष योगसत्र सञ्चालन गरिने बताउनुभयो । योग केवल व्यायाम मात्र नभई जीवन जिउने कला र पद्धति हो भन्दै उहाँले नेपाली भूमि योगको उद्गमस्थल रहेको तथ्यलाई शिरोधार्य गर्दै, योगलाई प्रत्येक नागरिकको दैनिक जीवनको हिस्सा बनाउनु र यसका माध्यमबाट स्वस्थ्य समाज र समृद्ध नेपाल निर्माणमा टेवा पु-याउनु यस दिवसको मुख्य लक्ष्य रहेको बताउनुभयो ।

डा. पुण्यस्वर केशरीले योगले प्रदान गर्ने मानसिक शान्ति र सकारात्मक ऊर्जाले ‘विश्व शान्ति’ का लागिसमेत मार्गप्रशस्त गर्ने बताउनुभयो । उहाँले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमार्फत हाल देशभरका सबै आयुर्वेद स्वास्थ्य संस्थाबाट नियमित रूपमा प्रवर्धनात्मक योग सेवा प्रदान गरिँदै आएको बताउनुभयो ।