काठमाडौँ, फागुन ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध अघि बढ्न आह्वान गरेका छन् ।
प्रजातन्त्र दिवसको शुभकामना दिँदै उनले प्रजातन्त्रको मर्मलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
‘प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध एकजुट भई सुशासन र समृद्धिको यात्रामा अघि बढौँ, प्रजातन्त्र दिवसको शुभकामना,’ उनले लेखेका छन् ।
साथै उनले बुधबार सुरु भएको रमजान महिनाको अवसरमा मुस्लिम समुदायलाई मुवारक भनेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









