02/20/2026, 00:14:23
बिहिबार, फागुन ०७, २०८२

राष्ट्रपति पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा सहभागी


काठमाडौँ, फागुन ७ गते । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा बिहीबार बिहान नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।

राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित सो समारोहमा सरिक हुनुभएको हो ।

सो अवसरमा नेपाली सेनाले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । सो कार्यक्रममा झाकी, मार्च पास, नृत्य र साडगीतीक धुन प्रस्तुत गरिएको थियो ।

सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरुको सहभागिता थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..