09/04/2025, 14:40:19
बिहिबार, भदौ १९, २०८२

सुनचाँदीको मूल्य स्थिर


काठमाडौँ, भदौ १९  स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन ।

बुधबार प्रतितोला रु. दुई लाख सात हजार नौ सय कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मोल पनि यथावत् छ । हिजो चाँदीको मूल्य प्रतितोला रु. दुई हजार ४८० कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..