09/03/2025, 15:04:22
बुधबार, भदौ १८, २०८२

सुन तोलामा दुई हजारले बढ्यो


काठमाडौँ ,१८ भदौ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजारले बढेर दुई लाख ७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई लाख ५ हजार नौ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार २ हजार ४८५ रुपैयाँमा कायम भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..