काठमाडौँ, भदौ ३० : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा दुई लाख १५ हजार एक सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर दुई हजार ५७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।