काठमाडौँ ,भदौ १६: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा दुई लाख ३ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार २ हजार ४ सय २५ रुपैयाँमा कायम भएको थियो ।