06/22/2025, 16:43:08

सुनचाँदीको मूल्य बढ्यो


 काठमाडौँ, ८ असारः नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा रु ५०० ले बढेको छ भने र चाँदी रु १० ले बढेको  छ ।
आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार २०० तथा सोही परिमाणको चाँदीको मोल रु दुई हजार १६० निर्धारण भएको छ । शुक्रबार प्रतितोला सुन रु एक लाख ९४ हजार ७०० र चाँदी रु दुई हजार १५० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ