२५ फागुन, काठमाडौं : जनकपुरमा खिचिएको फिल्म ‘राजागंज’को जनकपुर प्रिमियर भएको छ । ६ सय दर्शक क्षमता भएको गिरिजा हलमा रेड कार्पेटसहित फिल्मको प्रिमियर गरिएको हो । प्रिमियरमा निर्माण टिमसँगै, जनकपुरका मेयरदेखि प्रहरीका उच्च पदस्थ पदाधिकारीहरुले फिल्म हेरे ।
जनकपुरधामको मेयर मनोज कुमार शाह, एसपी भूवनेश्वर तिवारी, चलचित्र विकास बोर्ड मधेश प्रदेशका कार्यवाहक अध्यक्ष अशोक दत्त प्रिमियरमा उपस्थित थिए । त्यस्तै, मानव अधिकारकर्मीदेखि अभियन्ता र फिल्ममा आबद्ध जनकपुरका कलाकारले निर्माण टिमसँग बसेर फिल्म हेरे ।
निर्देशक दीपक रौनियार, फिल्मकी प्रमुख अभिनेत्री आशा मगराती सहभागी यो प्रिमियरमा जनकपुरका कलाकारहरु आरती मण्डल, सुरज यादव, रिंकु गायत्री मिश्रा, परमेश्वर झा, मदन ठाकुर, सरोज मिश्र, घनश्याम मिश्र लगायत अन्य उपस्थित थिए ।

फिल्म हेरिसकेपछि अधिकांशले प्रमुख पात्र ‘पूजा सर’ को खुबै तारिफ गरेका छन् । ‘हामी महिलाहरु पूजा सर जसरी नै आँटिलो, जोशिलो अनि हिम्मतिलो हुनुपर्छ, अबका महिलाहरु कमजोर छैनन्,’ १ सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवसका दिन प्रिमियर गरिएको फिल्म हेर्दै एक महिला दर्शकले भने । अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ‘पूजा सर’को नाममा प्रदर्शनमा भएको यो फिल्म चैत १ देखि ‘राजागंज’ शीर्षकमा नेपालभर प्रदर्शनमा आउँदैछ ।
भेनिस, बुसानलगायत विश्व प्रतिष्ठित फिल्म महोत्सव पुगेको यो फिल्मको निर्माण टिम अहिले फिल्मको प्रिमियर गर्न देश दौडाहमा छ । टिमले बिर्तामोड, इटहरी, जनकपुरमा फिल्मको प्रिमियर गरिसक्यो भने अब वीरगन्ज, चितवन हुँदै काठमाडौंमा प्रिमियर गर्ने तयारी छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











