सोमबार, फागुन १९, २०८१

राष्ट्रियसभा सदस्यको समिति हेरफेर


काठमाडौँ, १८ फागुनः राष्ट्रियसभाका विषयगत समितिमा रहेका सदस्यहरूको समिति हेरफेर गरिएको छ ।

सभाको आजको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले सदस्य कृष्णबहादुर रोकायलाई ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ बाट ‘विधायन व्यवस्थापन समिति’ मा राखिएको जानकारी दिनुभयो ।

यस्तै, सदस्य नारायणदत्त मिश्रलाई ‘विधायन व्यवस्थापन समिति’ बाट  ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ हेरफर गरिएको छ । समिति हेरफेर गर्ने प्रस्तावमा बैठकले सहमति जनाएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ