योग्यकार्ता (इन्डोनेसिया), मङ्सिर १० गते । यहाँस्थित मागुवोहर्जो रङ्गशालामा आज नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुने छ । नेपाल र इन्डोनेसियाबिचको यो दोस्रो खेल हो । यसअघि म्यान्माको मण्डलेमा भएको एएफसी ओलम्पिक छनोटको दोस्रो चरणको खेलमा भेट भएको थियो । जसमा समूह ‘ए’मा रहेको नेपालले इन्डोनेसियालाई २–१ ले हराएको थियो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले इन्डोनेसियाविरुद्धको खेलमा जित हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली टोली शारीरिक र मानसिक दुवै रूपमा तयार छन् हामी जितका लागि खेल्ने छौँ ।”
नेपाली टोलीको कप्तान सावित्रा भण्डारी (साम्बा) यस त्रिदेशीय खेलमा उपस्थिति हुने छैनन् । ‘इन्जुरी’का कारण सावित्रा उपस्थित नभएपछि उनको स्थानमा आज रस्मीकुमारी घिसिङलाई खेलाउने प्रशिक्षक न्यौपानेले राससलाई जानकारी दिनुभयो ।
नेपाली टोलीका मुख्य प्रक्षिक्षक न्यौपानेको प्रशिक्षणमा गत महिना नेपाली महिला टोलीले भारतको सिलोङमा भएको त्रिदेशीय च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । जसमा नेपाल इरानसँग पराजय भोग्दा भारतलाई भने हराउँदै जित हासिल गरेको थियो ।
त्यसैगरी, नेपाली टोलीको कप्तानीको भूमिका भने अञ्जिला तुम्बापो (सुब्बा)ले गर्ने हुने छ । उहाँले आफ्नो टोली मानसिक रूपमा तयार रहेकाले जित हासिल गर्ने बताउनुभयो । आजदेखि सुरु भएको उक्त त्रिदेशीय खेलमा नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेइ सहभागी छन् । प्रतियोगिता यही मङ्सिर १६ गतेसम्म सञ्चालन हुने छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














