नयाँ दिल्ली, कात्तिक २१ गते । एयर ट्राफिक कन्ट्रोल (एटिसी) प्रणालीमा प्राविधिक समस्या आउँदा शुक्रबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आईजीआईए) मा सयौँ उडानहरू प्रभावित भएको एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।
दिल्ली इन्टरनेसनल एयरपोर्टका प्राविधिक विज्ञहरू प्राविधिक समस्या समाधान गर्नका लागि सक्रिय रहेको र उडान पुनः सञ्चालन कहिले देखि सुरु हुन्छ भन्ने अझै थाहा हुन सकेको जनाइएको छ ।
विमानस्थलले जारी गरेको विज्ञप्तिमा ‘एटिसी प्रणाली’ मा प्राविधिक समस्या आएका कारण आइजिआईएमा उडान सञ्चालनमा ढिलाइ भइरहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा प्राविधिक टोलीसहित सबै सम्बन्धित निकायहरू समस्यालाई चाँडै समाधान गर्न सक्रिय रूपमा काम गरिरहेको जनाइएको छ ।
यात्रुहरूलाई नयाँ उडान अपडेटका लागि आ–आफ्नो सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन सल्लाह दिएको छ । धेरै निजी एयरलाइन्सहरूले पनि उडान सञ्चालनका बारेमा अपडेटहरूका लागि सम्पर्कमा रहन आ–आफ्ना उडानकर्ताहरूलाई सल्लाह दिएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















