09/21/2025, 19:04:44
आइतबार, असोज ०५, २०८२

गोरखामा डेङ्गु सङ्क्रमण बढ्यो


सुलीकोट, असोज ५  : गोरखामा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनाको तुलनामा झण्डै तीन गुणा डेङ्गु सक्रमणका बिरामी बढ्दै गएको हो ।

गोरखाामा २ महिनाको अवधिमा ८१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । साउन र भदौ महिनामा अत्यधिक मात्रामा डेङ्गु सक्रमण बढ्न थालेपछि २ महिनाको अवधिमा गोरखामा ८१ जनामा डेंगु सङ्क्रमण देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामनाथ शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन १ गतेदेखि भदौ मसान्तसम्म जिल्लाको गोरखा नगरपालिकामा २९ जना, आरुघाट गाउँपालिकामा १५ जना, पालुङटार नगरपालिकामा ७ जना, अजिरकोट गाउँपालिकामा ४ जना, सिरानचोक गाउँपालिकामा २ जना, बारपाक सुलिकोट गाउँपालिकामा १ जना, मिमसेन थापा गाउँपालिकामा १८ जना र शहिदलखन गाउँपालिकामा ५ जनामा डेङ्गु सङ्क्रमण देखिएको उहाँले बताउनुभयो ।

त्यस्तैगरी २ महिनाको अवधिमा मात्र गोरखामा १७२ जनामा स्क्रब टाईफसको सङ्क्रमण देखिएको छ । जसमा आरुघाट गाउँपालिकामा १६ जना, गोरखा नगरपालिकामा ८१ जना, पालुङटार नगरपालिकामा २२ जना, भिमसेन थापा गाउँपालिकामा ३९ जना, सिरानचोक गाउँपालिकामा १० जना, शहिद लखन गाउँपालिकामा १ जना र अजिरकोट गाउँपालिकामा ३ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको प्रदेश जनस्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताउनुभयो ।

डेङ्गु विशेषगरी भदौ र असोजमा यो रोग देखिने भएता पनि अहिले साउन महिनाको सुरुदेखि नै गोरखामा अत्याधिक मात्रामा देखिन थालेको छ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्राय बिहान र बेलुकाको सययमा टोक्ने गर्दछ । बर्षातको समयमा जतातौ पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरू, पुरान टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको टयाङकी, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएका्े पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ ।

डेङ्गु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीरमा बिबिरा आउने, मांशपेशी दुख्ने, टाउको धेरै दुख्ने, रक्तस्राब हुने, शरीर कटकटी दुख्ने तथा ज्वरो आउने लक्षण देखा पर्छन् । डेङ्गु रोग लाग्नु नदिन लामखुट्टेको टोकाईबाट बच्न प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले अपिल समेत गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..