राजविराज, असोज १२ : दशैं, तिहार र छठ पर्वको बिदा अवधिभर सप्तरी जिल्लाभित्रका सरकारी कार्यालय तथा स्थानीय तहमा प्रयोग हुने सरकारी सवारी साधन अत्यावश्यक कामबाहेक अन्य प्रयोजनमा चलाउन प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानले आइतबार जारी गरेको सूचनामा सवारी साधन प्रयोग गर्न आवश्यक परेमा मात्र कार्यालयबाट सवारी पास अनुमति लिइनुपर्ने उल्लेख छ।
अनुमति बिना सवारी साधन प्रयोग भएमा कार्यालय प्रमुख वा सम्बन्धित कर्मचारी स्वयं जिम्मेवार हुने र आवश्यक कानूनी कारबाही हुने चेतावनी दिइएको छ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















