बङ्गलादेशका पूर्व एकदिवसीय क्रिकेट कप्तान तमिम इक्बाललाई घरेलु मैदानमै हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ।
ढाका प्रिमियर डिभिजन क्रिकेट लिगमा ३६ वर्षीय तमीमले मोहम्मडन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका समय हृदयघात भएको हो ।
उहाँले खेलका लागि ‘टस’ पछि उहाँले छाती दुखेको गुनासो गर्नुभएको र मैदानमा प्रारम्भिक उपचारपछि उहाँलाई तत्काल नजिकैको अस्पतालमा लगिएको थियो ।
“उनलाई हृदयाघात भएको हो । मलाई अहिलेसम्म जानकारी भए अनुसार उहाँको मुटुले राम्रोसँग काम गर्न थालिसकेको छ,” बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) का मेडिकल अफिसर देबाशीष चौधरीले एएफपीसँग भन्नुभयो ।
टोलीका एक अधिकारी तारिकुल इस्लामले एएफपीलाई बताएअनुसार तमिमको ढाकाको बाहिरी इलाकामा रहेको सावरको एक अस्पतालमा उपचार भइरहेको छ र बङ्गलादेशी जनतालाई उहाँको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्न आग्रह गरिएको छ।
बिसिबीले तमीमअचानक बिरामी भएपछि आफ्नो निर्धारित बोर्ड बैठक स्थगित गरेको थियो र बोर्डका धेरै सदस्यहरू उहाँलाई भेट्न अस्पताल गएका थिए।
तमीमले सन् २००७ देखि २०२३ को बीचमा बङ्गलादेशको प्रतिनिधित्व गर्दै ३९१ म्याच खेल्नुभएको थियो ।
उहाँले १५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउनुभएको छ र तीनै अन्तर्राष्ट्रिय ढाँचामा शतक प्रहार गर्ने एक मात्र बङ्गलादेशी ब्याट्सम्यान हुनुहुन्छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















