काठमाडौँ, मङ्सिर १० गते। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई दिइएको मृत्युदण्ड सजायको विरोधमा देशव्यापी आन्दोलनको घोषणा भएको छ ।
उनको पार्टी अवामी लिगले हिजोदेखि नोभेम्बर ३० सम्म देशभर विरोध प्रदर्शन र प्रतिरोध मार्च निकाल्ने घोषणा गरेको हो ।
पार्टीले हसिनालाई तोकिएको सजायलाई अवैध न्यायाधिकरणको अवैध फैसला बताउँदै यसलाई राजनीतिक षड्यन्त्र बताएको छ ।
नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई मानवताविरुद्धको कसुरमा फाँसीको सजाय सुनाएको थियो ।
दुवै नेताको मुद्दा उनीहरूको अनुपस्थितिमा चलाइएको थियो । हसिना हाल भारतमा छिन् भने कमाल पनि भारतमै लुकेको हुनसक्ने आशंका गरिएको छ ।
गत वर्ष अगस्ट ५ मा विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनमा हसिना सरकारले दमन गर्दा लगभग १४ सय मानिस मारिएका थिए । त्यसपछि आन्दोलनले उग्र रूप लिँदा शेख हसिना पदच्यूत भएकी थिइन भने उनी देश छाडेर भाग्नुपर्ने स्थिति सिर्जना भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















