६ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए। उनका अनुसार विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार तीन दिनको म्याद थप भएको हो।
आइतबार अपराह्न साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो। गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध अदालतबाट पुर्जी जारी भएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













