06/16/2025, 16:33:43

क्लब वर्ल्डकप २०२५ : पीएसजीको उत्कृष्ट विजयी सुरुआत


काठमाडौँ, २ असार : युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्लब वर्ल्डकप २०२५ मा उत्कृष्ट विजयी सुरुआत लिएको छ । लस एन्जलसमा आइतबार भएको खेलमा पीएसजीले दस खेलाडीमा सीमित एटलेटिको म्याड्रिडलाई ४–० ले हरायो ।

रोज बलउमा भएको खेल पूर्णतः पीएसजीको निणयन्त्रणमा थियो । उसका लागि फाबिन रुइज, भिटिन्हा, सेनी मायुलु र ली कवाङ–इनले एक एक गोल गरे । समूह ‘बी’ को लिग चरणको खेलमा एटलेटिको ७८ औं मिनेटमा दस खेलाडीमा सीमित भएको थियो । उसका क्लेमेन्ट लेनग्लेट दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे ।

त्यस अगाडि समूह ‘सी’ को खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिकले अकल्यान्ड सिटीलाई १०–० को कीर्तिमान अन्तरले हराएको थियो । यस जितमा जमल मुसिएलाले ह्याट्रिक गरे । प्रतियोगिताको इतिहासमा यो अहिलेसम्म कै सबैभन्दा ठूलो जितको अन्तर हो । बायर्न पहिलो हाफमै छ गोलले अगाडि रहेको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ