काठमाडौँ, १ असार : क्लब वर्ल्डकप २०२५ आइतबारदेखि अमेरिकामा सुरु भएको छ । त्यसको उद्घाटन खेलमा लियोनल मेसीको इन्टर मियामीले इजिप्टको अल अहलीसँग गोलरहित बराबरी खेलेको छ ।
यो नतिजापछि समूह ‘ए’ मा दुवै टिमले एक एक अंकमा चित्त बुझाएका छन् । मियामीको हार्ड रक स्टेडियममा मेसीको खेल हेर्न ६० हजार भन्दा बढी दर्शक उपस्थित थिए ।
तर उनीहरूले दुवै टिमबाट कुनै गोल हेर्न पाएनन् । खेलको अन्त्यतिर मेसीको प्रहार पोस्टमा लागेपछि गोल हुन सकेको थिएन् । अर्कोतर्फ अहलीका लागि मोहमद ट्रेजेगुएट पहिलो हाफमा पेनाल्टीबाट गोल गर्न चुके ।