काठमाडौँ, मङ्सिर ७ गते । काठमाडौँको टोखा नगरपालिका-९ स्थित नयाँ बसपार्क नजिकै सडक किनारमा भेटिएको शव तेस्रो लिंगीको रहेको खुलेको छ ।
शनिबार दिउँसो फेला परेको उक्त तेस्रो लिंगीको रहेको खुले पनि सनाखत भने हुन सकेको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शवको सनाखत हुन नसक्दा थप अनुसन्धानमा समस्या भएको बताएका छन् ।
शव रहेको भन्ने सूचना आएपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थल मुचुल्का गर्दा तन्नाले बरेर पोको पारिएको अवस्थामा शव भेटिएको थियो ।
संकास्पद अवस्थामा शव भेटिएपछि हत्याको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । शव हतियारले काटेर टुक्रा पारेको अवस्थामा भने थिएन । सिंगो अवस्थामा शव भेटिएको छ ।
उक्त शव पोष्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । तर अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












