काठमाडौं । विघठित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगलागीपछि पहिलोपटक संसद भवनको अवलोकन गरेका छन् ।बिहीबार मध्यान्न सभामुख घिमिरे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकनका लागि पुगेका हुन् ।
संसद् विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासामा सभामुख घिमिरेले भने, ‘जे घटनाहरू देशमा घट्यो, हामीले जे व्यहोरिरहेका छौँ, यो ज्यादै दुखद् कुराहरू हो । यसबाट उठेर ठिक ढंगबाट अगाडि जानु सबैको दायित्व छ ।’
अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेको भन्दै उनले अब यसलाई समाधान गर्ने गरी जान सक्नुपर्ने बताए ।
व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको भन्दै सभामुख घिमिरेले यसको समीक्षा गर्ने र देशलाई उठाउन लागि आम मान्छे, आम जनता, आम क्षेत्र सबै लाग्नु पर्ने बताए ।