08/06/2025, 14:31:16

एनपीएल अक्सन : लागि १५० खेलाडीको अन्तिम सूची घोषणा


२१ साउन, काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि हुने मिनी अक्सनमा सहभागी हुने खेलाडीको अन्तिम सुची सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै अक्सनमा सहभागी रहने १५० जना खेलाडीको अन्तिम सुची घोषणा गरेको हो । एनपिएल अक्सनका लागि ४ सय ५८ जनाले आफ्नो नाम दर्ता गराएका थिए ।

क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १५० खेलाडीलाई अन्तिम सुचीमा समावेश गरिएको जनाइएको छ । अक्सन अब आउने शनिबार हुदैछ ।

१५० खेलाडीलाई विभिन्न क्याटेगोरीमा विभाजन गरिएको छ । क्याटेगोरी ‘ए’ मा ८ जना, क्याटेगोरी ‘बी’ मा ३५ तथा क्याटेगोरी ‘सी’ मा १०७ खेलाडी रहेका छन् ।एनपीएलको दोस्रो संस्करणका लागि सबै ८ टोलीले आ-आफ्नो रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..