बुधबार, पुष १०, २०८१

वीर अस्पतालमा भर्ना भएका दुर्गा प्रसाईँ डिस्चार्ज, सिंहदरबार वृत्तमा राखिँदै


८ भदौ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । असोज ६ मा प्रसाईँलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो । उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई प्रहरीले वीर अस्पतालमा भर्ना गरेको थियो ।

अस्पतालले प्रसाईँलाई डिस्चार्ज गरेको साइबर ब्यूरोका एकजना अधिकृतले बताए । विद्युतीय अपराध सम्बन्धी कसुरमा उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

ब्यूरोले उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राख्ने भएको छ । ब्यूरोका ती अधिकृत भन्छन्, ‘उहाँलाई अब अनामनगरस्थित सिंहदरबार वृत्तको हिरासतमा राख्छौँ ।’


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading