05/25/2025, 14:26:03

फूटबल समाचार : इङ्लिश प्रिमियर लिग २०२४-२०२५ को अन्तिम खेलहरु आज सम्पन्न हुने, न्यापोली इटालियन लिग च्याम्पियन, फ्रेन्च कप पिएसजीलाइ ।


मिति २०८२ जेठ ११ गते: इङ्लिश प्रिमियर लिग २०२४-२०२५ को अन्तिम खेलहरु आज नेपाली समय बेलुका ८:४५ बाट सुरु हुदैछ । लिभरपुल पहिले नै लिग बिजेता भहिसकेको र आर्सनल पनि च्याम्पियन्स लिगमा अंक तालिकाको आधारमा छनौट भइसकेको हुदा अन्य ३ टोलि को को च्याम्पियन्स लिगमा छनौट हुने आजको खेलबाट टुंगो लाग्ने छ । टोटेन्हम पनि यूरोपा लिग जित्दै च्याम्पियन्स लिगमा छनौट भइसकेको छ । अंक तालिकामा म्यानचेस्टर सिटी ६८ अंक सहित तेश्रो स्थानमा, न्यु क्यासल युनाइटेड, चेल्सी र एस्टन भिल्ला समान ६६ अंक र गोल भिन्नताको आधारमा क्रमश चौथो, पाँचौ र छैठौ स्थानमा रहेका छन् भने नोटेंगहम फोरेस्ट ६५ अंक सहित सातौ स्थानमा रहेको छ ।आजको खेल तालिका :

Premier League Fixtures – 25 May 2025
DateHome TeamTime (NST)Away Team
5/25/2025Bournemouth20:45Leicester City
5/25/2025Wolves20:45Brentford
5/25/2025Man United20:45Aston Villa
5/25/2025Newcastle20:45Everton
5/25/2025Ipswich Town20:45West Ham
5/25/2025Fulham20:45Man City
5/25/2025Nottm Forest20:45Chelsea
5/25/2025Southampton20:45Arsenal
5/25/2025Liverpool20:45Crystal Palace
5/25/2025Tottenham20:45Brighton

इटालियन सिरी ए इटालियन सिरी ए को लिगमा न्यापोलिले २०२४-२०२५ अन्तिम खेल Cagliari लाइ २-० गोलको अन्तरले जित्दै लिग बिजेता बनेको छ । दोश्रो स्थानमा रहेको इन्टरमिलनले पनि लिगको अन्तिम खेल जिते पनि दोश्रो स्थानमा नै लिग टुंग्याएको छ ।


स्पेनिस लालिगा ला लिगा अन्तरगतको लिग चरणको यस सिजन २०२४-२०२५ को खेलहरु भइरहदा अंक तालिकाको दोश्रो स्थानमा रहेको रियल मेड्रिडले रियल सोसियाडलाइ केलियन एम्बापे को २ गोलको मद्दतले २-० के जित हात परेको छ ।

फ्रेन्च कप फ्रेन्च कप फाइनल खेलमा फ्रेन्च लिग बिजेता पिएसजीले Stade de Reims ३-० गोलको अन्तरले जीत हासिल गर्दै फ्रेन्च कप २०२५ को उपाधि हात परेको छ । यो जित संगै पीएसजी ले फ्रान्सको लिग र कप दुबै यस २०२४-२०२५ सिजनमा जितेको छ । अब पीएसजी युइफए च्यम्पियन्स लिगको फाइनल इन्टर मिलन संग खेल्ने छ ।


जर्मन कप जर्मन कप फाइनल खेलमा VfB Stuttgart क्लबले Arminia Bielefeld क्लबलाई ४-२ गोल अन्तरले जीत हासिल गर्दै जर्मन कप २०२५ को उपाधि हात परेको छ ।

2024–25 German Cup, Final

Arminia Bielefeld२ – ४VfB Stuttgart
Julian Kania – 82′
Josha Vagnoman – 85′ OG
Nick Woltemade – 15′
Enzo Millot – 22′, 66′
Deniz Undav – 28′


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ