12/29/2025, 21:34:08
सोमबार, पुष १४, २०८२

नेपाली कम्युनिस्ट र नागरिक उन्मुक्ति पार्टीबीच एकता हुने


काठमाडौँ, पुस १४ : नेकपा  र नागरिक उन्मुक्ति पार्टी बीच एकीकरण हुने भएको छ । सोमबार नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माध‍वकुमार नेपाल  र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष  रञ्जिता श्रेष्ठबीच पार्टी एकता सम्बन्धी सहमति भएको हो ।

सहमति अनुसार दुई पार्टी एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी  र चुनाव चिह्न तारा नै रहने छ । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिस्ट पार्टीको सदस्य हुने पनि सहमतिमा उल्लेख छ ।

त्यस्तै टीकापुर घटनाका सम्बन्धमा कुनै पनि व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्दाको खारेजी र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने पनि सहमतिको बुँदामा उल्लेख छ ।