नवलपरासी, पुस १४ : विस्तारको क्रममा रहेको बुटवल-नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्नेमा सडक चिप्लो हुँदा सवारी साधनको लामो जाम लागेको छ ।
आइतबार पश्चिम नवलपरासीतर्फ सवारी साधन बिग्रेका कारण सवारी साधन जाम भएको र त्यसपछि सोमबार बिहानदेखि सडक चिप्लो हुँदा सवारी साधन उकालो चढ्न नसक्दा लामो जाम लागेको हो ।

शीतलहरमा लामो समय जाममा बस्नुपर्दा यात्रुले सास्ती भोग्नु परेको छ । पश्चिमबाट पूर्वतर्फ आउने सवारी साधन संचालनमा आए पनि जोखिम बढी भएकाले बर्दघाटतर्फ नै रोकिएका छन् । दाउन्ने खण्डको १४ किलोमिटर पार गर्न अहिले ५/६ घन्टा लाग्ने गरेको छ ।
पश्चिमतर्फ भुमहीसम्म र पूर्वतर्फ अरुणखोलासम्म जाम लागेको छ ।
– नवीन पौडेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















