काठमाडौँ, पुस १४ : ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा उपसभापति बन्ने भएका छन् । सोमबार रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन्द्र शाह र घिसिङबीच भएको वार्तामा तीनै जना एक ठाउँमा हुने सहमति भएको छ ।
घिसिङले सोमबार नै निर्वाचन आयोगमा बुझाइने समानुपातिक सूचीमा करिब १७ प्रतिशत हिस्सा पाउनेछन् । त्यसअनुसार कुलमान पक्षबाट कम्तीमा १८ जनाको नाम रास्वपाबाट बुझाउने समानुपातिक सूचीमा थपिनेछ ।
यसअघि उनलाई रास्वपाले १० प्रतिशत दिने प्रस्ताव गरेको थियो । तर, उनले ३० प्रतिशत चाहिने अडान राख्दै आएका थिए । यसअघि बालेन्द्र पक्ष र रास्वपाले आन्तरिक निर्वाचन मार्फत छानेका नाम समेटेर निर्वाचन आयोगमा सूची बुझाउने तयारी थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











