बिहिबार, माघ ०३, २०८१

त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले जिते जय ट्रफी मेन्स एलिट कप २०८१ को उपाधि


३ माघ, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार सम्पन्न तीन दिवसीय फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले आर्मीलाई २८ रनले हरायो । पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिनको दोस्रो सेसनमा ७४ रनमा अलआउट भयो । इमरान शेखले सर्वाधिक २८ रन बनाउँदा सोमपाल कामी र विनोद भण्डारीले समान ११ रन बनाए ।

आर्मीलाई अलआउट गर्न पुलिसका दुई स्पीनर काफी रहे । सागर ढकालले ६ तथा ललित राजवंशीले ४ विकेट लिए । सागरले १४.२ ओभरमा ३५ रन खर्चे । ललितले १५ ओभरमा ३९ रन दिए । त्यसअघि तेस्रो दिनमा १३२-९ को अवस्थाबाट सुरूवात गरेको पुलिस १३९ रनमा अलआउट हुँदै १०२ रनको अग्रता बनाएको थियो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ४५ तथा दिलिप नाथले ३४ रन बनाए । आर्मीका साहब आलमले ५ तथा बसिर अहमदले ४ विकेट लिए । साहबले पहिलो इनिङमा ७ विकेट लिएका थिए ।

पहिलो इनिङमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले १३३-९ को अवस्थामा इनिङ घोषणा गरेको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५१ रन बनाए । अर्जुन साउदले २८ र अमित श्रेष्ठले २० रन बनाएर आउट भए । आर्मीका साहब आलमले ७ विकेट लिए भने सोमपाल कामी र बसिर अहमदले एक-एक विकेट लिए । त्यसपछि जवाफमा आर्मी १७० रन बनाएर अलआउट भएको थियो । आर्मीका भीम सार्कीले सर्वाधिक ५८ रन बनाउँदा बसिर अहमदले ४० रन बनाए । सोमपाल कामीले ३२ रन बनाए । विनोद भण्डारीले १४ र इमरान शेखले १० रन बनाए ।

पुलिसका लागि सागर ढकालले १५.५ ओभरमा ७८ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र गुल्शन झाले १-१ विकेट हात पारे । नेपाल पुलिस क्लब गतवर्षको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पनि च्याम्पियन हो । पीएम कपको फाइनलमा पनि पुलिसले आर्मीलाई नै हराएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading