सोमबार, पुष ०८, २०८१

ठेला व्यापारबाट मासिक ४० हजार आम्दानी


अमरगढी (डडेल्धुरा), २० मङ्सिरः काम गर्ने जाँगर भए आफ्नै माटोमा मनग्ये कमाउन सकिने दृष्टान्त यहाँकी एक युवतीले प्रस्तुत गरेकी छन् । बाइस वर्षीया पूजा बोहराले ठेलामा व्यापार गरेर मासिक रु ४० हजार आर्जन हुने गरेको राससलाई बताउनुभयो । अमरगढी नगरपालिका–२ नयाँ बस्तीकी पूजाले ठेलामा मोमो, चाउमिन, पकौडा, पानीपुरी चटपटे र छोइला बेचेर मासिक रु ४० हजार आर्जन गर्र्दैै आउनुभएको हो ।

मध्यम वर्गीय परिवारमा जन्मिएकी पूजाले धेरै हण्डर र ठक्कर खाएर यो अवस्थामा पुगेको बताउनुभयो । सत्र वर्षको उमेरमा बिहे गर्नुभएकी उहाँले चार वर्ष धेरै सङ्घर्ष गर्नुभयो । छ महिना यता ठेलामा व्यापार थाल्नुभएकी उहाँ दैनिक १२ घण्टा काम गर्नुहुन्छ । उहाँको मासिक आम्दानी घरखर्चमा मात्र सकिँदैन उहाँले बचत पनि गर्नुभएको छ ।

श्रीमान्ले अरु सबै कुरामा साथ र सहयोग गरे पनि यो ठेलामा भने उहाँ बिहानदेखि साँझसम्म एक्लै हुनुहुन्छ । सबै सामान आफँैले जुटाउनुहुन्छ । अनि सबै परिकार आफैँ बनाउन उहाँलाई दिनभर भ्याइनभ्याइ हुन्छ । महिलाहरु चुलोचौकोमै सीमित हुँदा आर्थिक सामाजिक र राजनीतिकरुपमा पछि परेका उहाँको बुझाइ छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading