नवलपुर, पुस १९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले नवलपुरले दुई निर्वाचन क्षेत्रबाट नौ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर १ बाट आठ र २ बाट एक जनाको नाम सिफारिस गरेको एमाले जिल्ला कमिटीका सचिव भीम कडेलले जानकारी दिनुभयो ।
कडेलका अनुसार शनिबार बसेको क्षेत्रीय कमिटी बैठकले नौ जनाको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर १ बाट रविन्द्र अधिकारी, डा. गोपाल खनाल, छत्रराज पौडेल, भागिरथ सापकोटा, सागर न्यौपाने, गोपेन्द्र केशरी न्यौपाने, तिलोत्तम पौडेल र हरिप्रसाद न्यौपानेलाई सिफारिस गरेको कडेलले बताउनुभयो ।
क्षेत्र नम्बर २ ले भने केन्द्रीय कमिटी सदस्य तिलक महतको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ। महत २०७४ मा प्रतिनिधि सभा चुनावमा निर्वाचित हुनु भएको थियो भने ०७९ को चुनावमा नेपाली कांग्रेसका विष्णुकुमार कार्कीसँग पराजित हुनु भएको थियो । १ नम्बरमा भने कांग्रेसका डा शशांक कोईराला निरन्तर निर्वाचित हुँदै आउनु भएको छ ।
एमालेले आइतबारसम्म उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । भोलि थप छलफल गरी सकेसम्म नाम घटाउने प्रयास हुने बताउनुभयो । क्षेत्रीय कमिटीबाट सिफारिस भएका नामहरू अब पार्टीको माथिल्लो कमिटीमा पठाइने सचिव कडेलको भनाइ छ।
– बोमलाल गिरी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















