11/28/2025, 16:03:52
शुक्रबार, मङि्सर १२, २०८२

चितवनलाई ५३ रनले हराउँदै काठमान्डुकाे शानदार जित


काठमाडौं, मङ्सिर १२ गते । नेपाल प्रिमियर लिग एनपीएलमा आजको पहिलो खेलमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ ।

जीतका लागि १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमा समेटियो । चितवनका लागि देव खनाल र रवि बाेपराले सर्वाधिक समान २१–२१ रन बनाए । सोहेल तनविरले १८, ओपनर डेभिड मलानले ७ र कमल सिंह ऐरीले ९ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको काठमान्डुले १९.४ ओभरमा अलआउट हुँदै १४२ रन बनाएको थियो । जसमा जोन सिम्पसनले सर्वाधिक ६० रनको विष्फोटक अर्धशतक प्रहार गरका थिए । मिलन्द कुमारले ३८, र बेन चाल्सवर्थले १३ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

चितवनका लागि सोहेल तनविरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । यस्तै, रञ्जित कुमार र कमल सिंह ऐरीले समान दुई–दुई विकेट लिँदा रवि बोपराले एक विकेट लिएका हुन् ।

बलिङतर्फ काठमान्डुका लागि रासिद खानले ३ विकेट लिए । कप्तान करण केसी, मिलन्द कुमार र साहब आलमले समान दुई–दुई विकेट लिँदा सन्तोष यादवले एक विकेट लिए ।

अङ्कतालिकामा ५ खेलमा ३ खेल जितेर काठमान्डु तेस्रो स्थानमा उक्लिएको छ, भने ४ खेलमा दुई जितेर चितवन राइनोज चौथौ स्थानमा झरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..