09/17/2025, 14:45:33
बुधबार, असोज ०१, २०८२

तोलामा १ हजार घट्यो सुनको मूल्य


काठमाडौँ,  असोज १ : आज सुनको मूल्य तोलामा १ हजार घटेर २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार स्थानीय बजारमा सुन प्रतितोला २ लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँले घटेर २ हजार ५५० रुपैयाँमा किनबेच हुँदै छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..