09/12/2025, 16:50:47
शुक्रबार, भदौ २७, २०८२

राष्ट्रपति र सुशीला कार्कीबीच के कुरा मिलेन ?


काठमाडौँ,  भदौ २७ : राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच बिहान  ९ बजे हुने भनिएको छलफल अहिलेसम्म भएको छैन । कार्कीलाई अन्तरिम सरकारको नेतृत्वमा राजनीतिक दलहरूले पनि स्वीकार गरेका छन् ।

त्यसअघि राष्ट्रपति पौडेल र कार्कीबीच भएको छलफलमा संसद विघटनको विषयमा कुरा मिल्न सकेको थिएन । राष्ट्रपति पौडेलले संविधानविदहरूसँग पनि छलफल गरेका थिए । छलफलमा सहभागी स्रोतका अनुसार, संसद विघटन गरेर जनेजीको माग सम्बोधन गर्नुपर्छ भन्ने कार्कीको अडान थियो । तर राष्ट्रपति पौडेलले भने संसद विघटन नगरी अन्तरिम सरकारमा दलीय सहभागिता पनि हुनुपर्ने आशयको कुरा राखेका थिए ।

त्यसपछि कार्कीले यो हुन नसक्ने र जेनजीको माग पूरा नभएको खण्डमा आफूले अन्तरिम सरकार सम्हाल्न नसक्ने बताएकी थिइन् । कुरा नमिलेपछि कार्की निवास फर्किएकी छन् भने राष्ट्रपति पौडेल जेनजीका प्रतिनिधिहरूसँग छलफलमा छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..