१३ असोज, काठमाडौं । शनिबारको सुरुमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग १-१ को बराबरी खेलेपछि आर्ने स्लटको टोलीलाई शीर्ष स्थानमा जान अवसर मिल्यो, र सालाहले नेल्सन सेमेडोले पूर्व वुल्भ्स खेलाडी डियोगो जोटालाई फाउल गरेपछि पेनाल्टीमार्फत विजयी गोल प्रहार गरे।
इब्राहिमा कोनाटेले लिभरपुललाई अग्रता दिलाएका थिए, तर उनको अर्को गल्तीले रायन ऐट-नौरीलाई दोस्रो हाफको सुरुवातमा वुल्भ्सलाई बराबरीमा ल्याउन अवसर दियो।
यो नतिजाले लिभरपुललाई सिटी र आर्सनलभन्दा एक अंकको अग्रतासहित शीर्ष स्थानमा पुर्यायो भने वुल्भ्स भने ६ खेलमा केवल एक अंकसहित तालिकाको पुछारमा रह्यो। साथै चेल्सीले ब्राइटनसंग ४-२ को जित निकाल्यो र चौथो स्थानमा रहयो ।